मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य लाभ हुनेछ, व्यवसायमा वृद्धिका साथै सामाजिक मान प्रतिष्ठा प्राप्तिको योग देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रजनबाट साथ सहयोग मिल्नेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग पनि देखिन्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनमाा अभिरुचि रहनेछ, आर्थिक लाभका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यमा अवरोध रहनेछ, आर्थिक अस्थिरताका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयमा वृद्धि हुनेछ, भौतिक वस्तु लाभदायी रहनुका साथै प्राज्ञिक कार्यमा मन जानेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक उन्नति हुनेछ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रुपक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै मनमा चपलता रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कान्तिवृद्धि हुनेछ, आर्थिक लाभका साथै धार्मिक सामाजिक कार्यमा संलग्नता रहने देखिन्छ ।