एजेन्सी । थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । चीनले दिएको ४९ रनको लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना क्षति भेट्टाएको हो ।
ओपनर सीता राना २४ र काजल श्रेष्ठ १४ रनमा अविजित रहँदै लक्ष्य पुरा गरेका थिए । यसअघि बैककस्थित एसीयन ईन्टिच्युट अफ टेक्नोलोजीको मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको चीनले निर्धारित ओभरमा ६ विकेट गुमाएर ४८ रनको सामान्य योगफल तयार पारेको हो । नेपालले दोस्रो खेलमा भोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।