बीपीएल क्रिकेट लिगमा आज सन्दीपको सिक्सर्स र ढाकाबीच खेल हुँदै

बीपीएल क्रिकेट लिगमा आज सन्दीपको सिक्सर्स र ढाकाबीच खेल हुँदै

बंगलादेश, २८ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सहभागि सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगको तेस्रो खेल आज खेल्दैछ ।

ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले ढाका डाइनामिकसंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ । ढाकाविरुद्ध मैदानमा उत्रदा टिम सिक्सर्स लगातार दोस्रो जितको खोजीमा हुनेछ । टिम सिक्सर्स २ अङ्क जोडेर पाँचौ स्थानमा छ । ढाका ६ अङ्क जोडेर शीर्ष स्थानमा छ ।