आज वि.सं. २०७५ पौष २८ गते शनिबार तदनुसार ई. सं. २०१९ जनवरी १२ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, पौष शुक्लपक्षको षष्ठी तिथि, साँझ ०५:५२ बजेसम्म, त्यसपछि सप्तमी तिथि, उत्तराभाद्रा नक्षत्र, (अहोरात्र व्याप्त) , आजको चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), परिघ योग, मध्यरात्रीपछि ०४:४० बजेसम्म, त्यसपछि शिव योग, सुरुमा तैतिल करण साँझ ०५:५२ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०६:३३ बजेसम्म, अन्तिममा वणिज करण, काठमाडाैं, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक अस्थिरता रहनेछ, कार्यमा असहजताका साथै शारीरिक आलश्यता रहनसक्ने देखिन्छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आय आर्जनका अवसर प्राप्त हुनेछन्, पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा पनि सफलता प्राप्त हुने देखिन्छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा उत्साह छाउनेछ, कार्यमा उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यमा अवरोध रहन सक्नेछ, खर्चमा वृद्धिका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्र सुख मिल्नेछ, धन प्राप्तिका साथै अध्ययन अध्यापनमा मन जाने देखिन्छ ।रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक सबलता रहनेछ, धन प्राप्तिका साथै साहित्यिक क्षेत्रमा रुचि जाग्नेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यमा उन्नति हुनेछ, व्यवसायमा वृद्धिका साथै धार्मिक क्षेत्रमा रुचि जाग्ने देखिन्छ ।व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आयमा वृद्धि हुनेछ, अर्थिक उन्नतिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्र सुख मिल्नेछ, भौतिक वस्तु लाभदायी रहनुका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीष्ठान्न प्राप्तिका योग देखिन्छन्, कार्यमा सफलता मिल्नुका साथै प्रेमिल दिन रहनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।