आपतकाल घोषणा गर्ने डोनाल्ड ट्रम्पको चेतावनी

आपतकाल घोषणा गर्ने डोनाल्ड ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिनुभएको छ ।

आफ्नो पूर्व प्रतिबद्धता अनुसार मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था गर्न कंग्रेस तयार नभए राष्ट्रिय आपतकालको घोषणा गरी सीमामा पर्खाल लगाउने बताउनुभएको छ ।

सीमा क्षेत्रको भ्रमणमा रहनुभएका राष्ट्रपति ट्रम्पले सीमा पर्खालका लागि मेक्सिकोले पनि रकम तिर्नुपर्ने बताउनु भएको छ । तर, राष्ट्रपतिले माग गरेको बजेट दिन डेमोक्रेटिक पार्टी तयार भएको छैन ।