नेविसंघ महाधिवेशन पुनः अन्योलमा, म्याद थप कि विघटन ?

नेविसंघ महाधिवेशन पुनः अन्योलमा, म्याद थप कि विघटन ?

काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन पुनः अन्योलमा परेको छ । पार्टीले गत मंसिर २ गते २ महिनाका लागि म्याद थपे पनि एक दर्जन जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ ।

नेविसंघको केन्द्रीय समिति बैठकले यही पुस २८ देखि ३० गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, सो मितिमा महाधिवेशन नहुने पक्का भइसकेको छ । कांग्रेसभित्र वर्तमान कार्यसमितिको म्याद थप गर्ने कि विघटन गरेर नयाँ आयोजक समिति बनाउने भन्ने बहस शुरु भएको छ ।

संघको विधानमा केन्द्रीय समितिको कार्यकाल २ वर्ष रहने र विशेष अवस्थामा कारण देखाएर ३ महिना म्याद थप गर्न सकिने र सोभित्र पनि महाधिवेशन नगरे स्वतः कार्यसमिति भंग हुने व्यवस्था छ । कांग्रेस केन्द्रीय समिति बैठकले सो थप मितिमा पनि अधिवेशन हुन नसकेपछि २ महिना थप्दै विघटन हुनबाट जोगाएको थियो । सो म्याद पनि माघ २ गते सकिँदैछ । यो खबर कारोबार दैनिकबाट लिएका हौं ।