तपाईंको राशिफलः पुस २७ गते शुक्रबारको फलादेश

तपाईंको राशिफलः पुस २७ गते शुक्रबारको फलादेश

आजको पञ्चाङ्ग : वि.सं. २०७५ पौष २७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जनवरी ११ तारिख, विरोधकृत् नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिर्गताब्द : ५११९, शालीवाहनीय शाके : १९४०, नेपाल संवत् : ११३९, मञ्जुश्री वर्ष : २८५४, हिजरी संवत् : १४३६, किरातवर्ष : ५०७८, आजको चाडपर्व र उत्सव : पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,

पौष शुक्लपक्षको पञ्चमी तिथि, साँझ ०४:१९ बजेसम्म, त्यसपछि षष्ठी तिथि, पूर्वाभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०५:३६ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, मध्यरात्रीपूर्व ११:०४ बजेसम्म, त्यसपछि मीन राशिमा, वरीयान् योग, मध्यरात्रीपछि ०४:४६ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा बालब करण साँझ ०४:१९ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०५:१० बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

मनमा प्रशन्नता रहनेछ, व्यवसायमा वृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

आर्थिक उन्नति हुनेछ, व्यवसायमा वृद्धिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मित्र सहयोग प्राप्त हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

शत्रु पक्ष सबल रहनछन्, कार्यम अवरोधका साथै बोलीमा विकार रहनसक्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

पारिवारिक सुख मिल्नेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै प्रेमिल दिन रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

आर्थिक उन्नतिका योग देखिन्छन्, व्यवसायमा वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

कीर्ति वृद्धिको योग देखिन्छ, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आर्थिक अस्थिरता रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

मित्र लाभ हुनेछ, कार्य उन्नतिका साथै धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि रहने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

कार्यमा उन्नति हुनेछ, आय बढ्नुका साथै धातुजन्य वस्तु लाभदायी रहनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

शत्रु पक्ष सबल देखिन्छन्, कार्यमा संघर्षका साथै आर्थिक अस्थिरता पनि रहन सक्ने देखिन्छ ।