एजेन्सी । सामान्य वर्गका व्यक्तिलाई आरक्षण दिने विधेयक राज्यसभाबाट पारित भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक रूपले कमजोर नागरिकका लागि शिक्षा र रोजगारीमा १० प्रतिशत आरक्षण दिने प्रावधान सहितको ऐतिहासिक संविधान संशोधन विधेयक हिजो राज्यसभाबाट पारित भएको हो ।
लोकसभा र राज्यसभाबाट पारित भइसकेपछि अब राष्ट्रपतिले प्रमाणिकरण गर्न बाँकी छ । राज्यसभामा झन्डै १० घन्टा लामो छलफलपछि सो विधेयक पारित गरिएको हो ।