जनकपुर, २६ पुस । प्रदेश नम्बर २ को सरकारले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षित र आमाहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागि विशेष योजना ल्याउने तयारी थालेको छ ।
प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लामा शिक्षाको पहुँचबाट टाँढा रहेका बालबालिकाकालाई शिक्षित बनाउने उद्देश्यका साथ बालबालिकालाई विद्यालय आए वापत प्रोत्साहन भत्ता दिने योजना ल्याउन लागेको छ ।
शिशुदेखि कक्षा ७ सम्मका बालबालिकालाई प्रोत्साहन भत्ता स्वरुप दिनको २० रुपैयाँ उपलब्ध गराइने छ ।