

-ज्योतीषवाणी-
२०७५ पौष २६ गते बिहीबार तदनुसार ई. सं. २०१९ जनवरी १० तारिख, पौष शुक्लपक्षको चतुर्थी तिथि, दिउँसो ०२:२३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, शतभिषा नक्षत्र, मध्यरात्रीपछि ०३:२३ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, आजको चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, मध्यरात्रीपछि ०४:३५ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो ०२:२३ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०३:२४ बजेसम्म, अन्तिममा बालब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कार्यलाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मित्र सुख मिल्नेछ, काम बन्नुका साथै मनमा प्रशन्नता रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आर्थिक उन्नति हुनेछ, धन लाभका साथै सामाजिक कार्यमा रुचि जाग्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्चमा वृद्धि हुनुका साथै मनमा चपलता रहने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पराक्रम बढ्नेछ, व्यवसायमा वृद्धि हुनुका साथै यात्राको योग देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आयमा वृद्धि हुनेछ, काम बन्नुका साथै व्यवसायमा उन्नति हुने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै मित्र भय रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धातुजन्य वस्तु लाभदायी रहनेछन्, अध्ययनमा रुचि जाग्नुका साथै गणेशजीको उपासना आज शुभ रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मीष्ठान्न प्राप्तिको योग देखिन्छ, श्रीवृद्धिका साथै सुखद् यात्राका अवसर प्राप्त हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कार्यमा अस्थिरता आउने देखिन्छ, खर्च बढ्नुका साथै शत्रुभय रहनेछ ।