श्रीमती खोज्न पत्रकार सम्मेलन !

श्रीमती खोज्न पत्रकार सम्मेलन !

विराटनगर । सँगै बाँच्ने सँगै मर्ने कसम खाएर भित्र्याइएकी श्रीमती अचानक बेपत्ता हुँदा माेरङका गिरानन्द पासवान अहिले तनावमा छन् ।नगद र गरगहनासमेत लिएर श्रीमती फरार भएपछि बिचल्लीमा परेका पासवानले सोमबार बिराटनगरमा पत्रकार सम्मेलन नै गरी श्रीमती खोजिदिन सबैमा अाह्वान गरेका छन् । मोरङ बुढीगंगा-२ का पासवानकी श्रीमती अनितादेवी पासवान गत पुस १५ गतेदेखि सम्पर्कमा छैनन् । नगद तीन लाख र गरगहना लिएर फरार श्रीमतीको खोजीका लागि पासवानले प्रहरीमा जाहेरी दिए पनि नभेटिएपछि पत्रकार सम्मेलन गर्नुपरेको बताए ।

एक छोरा र दुर्इ छोरीकी अामा बेपत्ता भएपछि सन्तानको बिचल्ली भएकाे पासवानको दुखेसो छ । श्रीमती हराएपछि उनले बेपत्ता हुनुअघिसम्म चलेको श्रीमतीको फोन नम्बरको डिटेल हेर्दा एकै जनासँग ६४५ पटक सम्पर्क भएको पाइएको छ । उनले भागी बिहे गरेको अनुमान छ ।