ए डिभिजन लिगः लिग विजेता मनाङ अन्तिम खेलमा पराजित

ए डिभिजन लिगः लिग विजेता मनाङ अन्तिम खेलमा पराजित

काठमाडौं, २४ पुस । ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले अन्तिम खेलमा अप्रत्यासित हार व्यहोरेको छ । दुई खेल अघि नै लिगको उपाधि पक्का गरेको मनाङ आज फ्रेण्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो ।

यो हारसँगै मनाङले लिगको सबै खेल जित्ने अवसर गुमाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा पाएको मौका सदुपयोग गर्न नसक्दा मनाङले फ्रेन्ड्ससंग अप्रत्यासित हार व्यहोरेको हो । फ्रेन्ड्सको जितमा विकास लामाले निर्णायक गोल गरे । । निर्धारित ९० मिनेट गोल रहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा विकासले हेड गोल गर्दै फ्रेन्ड्सलाई जितसम्म पुर्याए । अघिल्ला १३ खेलमा लगातार जित निकालेको मनाङ अन्तिम खेलमा भने पराजित भएको हो ।

यस्तै आज भएको खेलमा ए डिभिजन लिगमा ब्रिगेड ब्वाईज र एनआरटीले बराबरी खेलेका छन् । हलचोक मैदानमा भएको खेलमा दुवै टोलीले गोल रहित बराबरी खेलेका हुन् । गोल रहित बराबरी खेल्दै दुवै टिमले अंक बाँड्न पुगे । ब्रिगेड ९ अंक सहित तालिकाको एघारौ स्थानमा रह्यो । एनआरटी ६ अंक जोड्दै तालिकाको पुछारमा रहेर लिगको अन्त्य गरेको छ ।