

पोखरा, २४ पुस । पछिल्लो पटक सरकारको काम जनमैत्री नभएको भन्दै चौतर्फी विरोध चर्किएकै समयमा नेपाल विधार्थी संघले सरकारले भ्रष्टाचारीको संरक्षण गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।
नेविसंघले पोखराको पृथ्वीनारायण क्याम्पसमा भ्रष्टाचारीलाई प्रवेश निषेध भन्दै विरोध स्वरुप व्यानर टासेर विरोध जनाएका छन् । प्रत्येक टोलटोल र घरघरमा भ्रष्टाचार गर्नेलाइ प्रवेश गर्न रोक लगाउनु पर्ने भन्दै भ्रष्टाचार निषेध अभियानको शुरूवात गरेको नेविसंघले जनाएको छ ।