वाइडबडी जहाज खरिद प्रकरण अध्ययन गर्न समय लाग्ने

वाइडबडी जहाज खरिद प्रकरण अध्ययन गर्न समय लाग्ने

काठामाडौं, २४ पुस । वाइडबडी अर्थात फराकिलो स्वरूपका दुईवटा जहाज खरिद्मा भएको अनियमितता बारेको अध्ययन चाँडै नटुङ्गिने भएको छ । एकै विषयमा तीनवटा छुट्टाछुट्टै निकायबाट अध्ययन भइरहेका कारण अनियमिततामा संलग्नलाई कारबाहीमा ढिलाइ हुने भएको हो ।

संसद्को लेखा समितिले अध्ययन प्रतिवेदन सच्याउँदै कारबाही र थप अध्ययन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिजो सिफारिस गरेको छ । तर सरकारले बनाएको उच्च स्तरिय छानबिन आयोगले पनि यस विषयमा अध्ययन गरिरहेको छ भने संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि अध्ययन गरिरहेको जनाएको छ ।

बाँकी एक संसदीय समिति र आयोगको निष्कर्ष नआई अनियमिततामा संलग्नलाई कारबाही प्रक्रिया अगाडि नबढ्ने भएको हो । यसमा अख्तियारले थप अनुसन्धान गर्दा प्रक्रिया अझैँ लामो हुनेछ । फराकिलो स्वरूपका विमान खरिदको अनियमितताको विषय चाँडै टुङ्गिने देखिँदैन ।