संसद् बैठक बुधबारसम्मका लागि स्थगित

संसद् बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसद् बैठक स्थगित भएको छ । अर्को बैठक २५ गते बुधबार १२ बजेलाई बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गर्ने चेतावनीपछि आइतबार सांसदको दोस्रो बैठक स्थगित भएको हो ।

संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएको छ । कांग्रेस सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाएको भन्दै अवरोध पु¥याएका थिए । त्यसअघि बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नुभएको थियो ।