बंगलादेश प्रिमियर लिगमा सन्दिपकाे टिमकाे खेल आज

बंगलादेश प्रिमियर लिगमा सन्दिपकाे टिमकाे खेल आज

विग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेर बंगलादेश पुगेका सन्दिप लामिछानेले आजबाट बंगलादेश प्रिमियर लिग खेल्दैछन ।

बिग बासमा चार खेलमा आठ विकेट लिएर बंगलादेश उडेका सन्दिपको टिम सिलेट सिक्सर्सले आज कोमीला भिक्टोरियन्ससँग खेल्नेछ । ढाकामा हुने यो खेल दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

सन्दिपको पछिल्लो पटकका फर्मलाई बंगलादेशको भुमीमा पनि कायम राख्ने विश्वास सबैको रहेको छ । वकार युनिसको प्रशिक्षणमा रहेको सिलेट सिक्सर्सबाट सन्दिपले बीपीएल खेल्नछन् ।

दोस्रो खेलमा पुस २५ मा चिट्टगङ भाइकिङ्स विरूद्द प्रतिस्पर्धा गर्नेछ । ७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा चिट्गङ भाइकिङ्स, कोमिल्ला भिक्टोरियन्स, ढाका डाइनामाइट्स, खुलना टाइटान्स, राजसाही किङ्स, रङपुर राइडर्स, स्याल्हेट सिक्सर्स छन् ।