दीपक मनाङेले आज सपथ लिँदै

दीपक मनाङेले आज सपथ लिँदै

काठमाडौं, २२ पुस । मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङेको नामले चिनिने राजिव गुरुङलाई आज सपथ गराइने भएको छ ।

प्रदेशसभा सांसद्‍का रुपमा सपथ लिनका लागि आज बिहानै उनी गण्डकी प्रदेशको राजधानी पोखरा पुगेका छन् ।

ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्‍गेको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ। कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

पुनरावेदन अदालतले पाँच वर्षको सजाय तोकेर जेलमा रहेका बेला सर्वोच्चको आदेशमा धरौटीमा छुटेका मनाङेले सपथ गराइपाउँ भन्ने निवेदन दिएपछि सपथ गराउनेबारे अन्योल बढेको हो ।