–ज्योतिषवाणी–
२०७५ पौष २२ गते आइतबार तदनुसार ई. सं. २०१९ जनवरी ०६ तारिख, आजको चाडपर्व र उत्सव : तोल ल्होत्सार, आजको मूहुर्त : अग्निवास(होमादि),
पौष शुक्लपक्षको प्रतिपदा तिथि, (अहोरात्र व्याप्त), पूर्वाषाढा नक्षत्र, साँझ ०५:२६ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, आजको चन्द्रमा धनु राशिमा, मध्यरात्रीपूर्व १२:०० बजेसम्म, त्यसपछि मकर राशिमा, व्याघात योग, मध्यरात्रीपछि ०२:५० बजेसम्म, त्यसपछि हर्षण योग, सुरुमा किंस्तुघ्न करण बेलुका ०७:१२ बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपछि ०८:०६ बजेसम्म, अन्तिममा बालब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साता लाभदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभददयी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । आय आर्जनको स्रोत बढ्दे जानेछन् ।स्वास्थ्यको क्षेत्रमा भने अस्थिरता रहन सक्नेछ । बिहीबारबाट कार्यमा ढिलाई पनि रहनसक्ने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साता उन्नतिकारक रहनेछ । सोचेका काम पूरा हुनेछन् । व्यवसायमा सफलता मिल्नेछ । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । प्रेम जीवन सुखद् रहनुका साथै मित्र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । यो साता गणेशजीको उपासना शुभ रहने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमबारसम्म कार्यम अस्थिरताका साथै मनमा पनि चपलता रहनेछ । स्वास्थ्यको पनि ख्याल राख्नु उचित हुनेछ । मंगलबारबाट भने समय राम्रो हुँदै जानेछ । कार्यमा सफलता प्राप्त हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठा प्राप्तिका योग पनि देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन मध्यम फलदायी रहने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साता मिश्रित फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । भौतिक वस्तुका साथै धातुजन्य वस्तु पनि लाभदायी रहनेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । बोलीको विशेष प्रभाव पर्नेछ । नयाँ कार्य अवसर प्राप्त हुने देखिन्छ । टाढिएका व्यक्ति नजिक आउनेछन् । मंगल र बुधबार भने कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साता सुखद् रहनेछ । यात्राका सुअवसर पनि प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै मनमा कार्य गर्ने उत्साह पनि छाउँनेछ । अधुरा काम बन्नेछन् । धार्मिक क्षेत्रमा रुचि जाग्नेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । बिहीबारबाट भने कार्यमा सजगता अपनाउनुपर्ने देखिन्छ । भगवतीको उपासना शुभ रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साता वृद्धिदायी रहनेछ । मित्रसहयोग मिल्नेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । आयमा वृद्धि हुनेछ । जलीय वस्तु विशेष लाभदायी रहनेछन् । धनको क्षेत्र सबल रहनेछ । कला साहित्य र मनोरञ्जनका क्षेत्रमा विशेष संलग्नता रहनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । नयाँ कार्य गर्ने उत्साह मनमा छाउने देखिन्छ । समग्रमा साता उन्नतिकारक रहने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साता मिश्रित फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अस्थिरता रहनसक्ने देखिन्छ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ भएकाले सजगता अपनाउनु उचित हुनेछ । मंगलबारदेखिको समय सुखद् रहनेछ । मनमा उत्साह छाउनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । सामाजिक मान प्रतिष्ठा प्राप्तिका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । कार्यमा सफलता मिल्नेछ । पारिवारिक साथ सहयोगले साता सफल रहने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साता सुखद् रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै धातुजन्य वस्तु उन्नतिकारक रहनेछन् । प्रेम जीवन सफल र सुखद् रहनेछ । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ । मित्र सहयोग प्राप्त हुनेछ । नयाँ कार्य गर्ने अवसर पनि मिल्नेछन् । भौतिक वस्तु लाभदायी रहने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साता कार्यदायी रहनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । पारिवारिक सुख मिल्नेछ । बुध र बिहीबार भने कार्यमा कठिनाइ उत्पन्न हुने देखिन्छ । बोलीको विशेष प्रभाव रहनेछ । यो साता गणेशजीको उपासना लाभदायी रहने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साता अर्थकरी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै भूधनबाट विशेष लाभ हुने देखिन्छ । शत्रु निर्वल रहनेछन् । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । धार्मिक कार्यमा विशेष रुचि जाग्नुका साथै कर्मप्राप्तिको योग पनि देखिन्छ । साताको अन्त्यतिर कर्यमा बाधा आउनुका साथै खर्च बढ्न सक्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साता मिश्रित फलदायी रहनेछ । सोमबारसम्म कार्यमा कठिनाइका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने समय उन्नतिकारक रहनेछ । सोचेका काम पूरा हुनेछन् । कला सहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै मान सम्मानको योग पनि देखिन्छ । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । व्यापार व्यवसायाट पनि विशेष लाभ हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साता उन्नतिकार रहनेछ । अध्ययनमा रुचि जाग्नेछ । कार्य प्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । पारिवारिक साथसहयोग प्राप्त हुनेछ । शत्रु पक्ष भने सबल देखिन्छन् । बिहीबारबाट खर्चमा वृद्धि हुनुका साथै कार्यमा ढिलाइ रहन सक्ने देखिन्छ ।