काँग्रेसले बोलायो माघ १० गते केन्द्रीय कार्यसमितिको बैठक

काँग्रेसले बोलायो माघ १० गते केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, २१ पुस । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी माघ १० गते बिहीबारको लागि बैठक बोलाइएको जानकारी दिनुभयो ।

पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि काँग्रेसको पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी रणनीति र कार्ययोजनाका विषयमा केन्द्रीत रहेर छलफल हुने काँग्रेस मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।