एजेन्सी । मोबाइल तथा टेलिकम क्षेत्रको चिनियाँ जाइन्ट हुवाईले आफ्ना दुई कर्मचारीलाई घटुवा गरेको छ ।
नयाँ वर्षको अवसरमा गरेको ट्वीटका कारण हुवाईले दुई कर्मचारीलाई पद घटुवाको कारवाही गरेको हो, किनकी उनीहरुले कम्पनीको आधिकारी ट्वीटर एकाउन्टमा आइफोन प्रयोग गरेर ट्वीट गरेका थिए ।
यसले हुवाईको ब्राण्ड भ्यालु कम गरेकाले कारवाही गरिएको कम्पनीका कर्पोरेत सिनियर भाइस प्रेसिडेन्टले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
कम्पनीले दुई कर्मचारीले एक तह घटुवा गरेको हो भने मासिक पारिश्रमिकमा पाँच हजार युआन (झण्डै ७२८ अमेरिकी डलर) कम गरेको हो ।