काठमाडौं, २१ पुस । देशका पश्चिमी क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रको मौसम दिनभर आंशिक बदलीको अवस्थामा हुनेछ । काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन भएको छ ।
दिउँसो तापक्रम बढेर १५ देखि १७ डिग्रीसम्म पुग्न सम्भावना रहेको मौसमविदले बताएका छन् । तराईका क्षेत्रमा भने पश्चिमी वायुको प्रभाव परेकाले बिहानमा हुस्सु तथा कुहिरो देखिए पनि दिउँसो मौसम सफा नै रहने बताइएको छ ।