केबी उप्रेतीलाई बैंकको अध्यक्ष बनाउने सहमती

केबी उप्रेतीलाई बैंकको अध्यक्ष बनाउने सहमती

काठमाडौं, २० पुस । राष्ट्रिय सहकारी बैंको केबी उप्रेती अध्यक्ष बन्ने पक्का देखिएको छ केबी उप्रेतीलाई राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा बनाउने सहमति भएपश्चात अध्यक्ष पक्का भएको हो ।

बैंकको निर्वाचनका लागि बनेको कार्यदलले उप्रेतीलाई अध्यक्ष बनाउने सहमति गरेको हो । बैंकको आउँदो पुस २१ र २२ गते चार वर्षे कार्यकालका लागि निर्वाचन हुँदै छ ।

कार्यदलका सदस्य धर्मदत्त देवकोटाले बैंकका आकांक्षी बर्तमान अध्यक्ष रमेश पोखरेल र केबी उप्रेतीसँग छलफलपश्चात उप्रेतीलाई अध्यक्ष बनाउने सहमति भएको जानकारी दिए । ‘बैंकका अध्यक्षका आकंक्षी पोखरेलको उम्मेदवारी पर्ने छैन्, सहमतिपश्चात अब अध्यक्ष उप्रेती बन्नु हुने छ’ उनले भने ।

बैंकको निर्वाचन टुंग्याउनका लागि तत्कालीन नेकपा एमालेका सहकारी विभाग प्रमुख पशुपति चौलागाईँ, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाढ बडाल र महासंघका लेखा संयोजक धर्मदत्त देवकोटा सम्मिलित कार्यदल गठन भएको छ ।

कार्यदलले सरोकारवाला सबै नियकासँग छलफल गरी आधिकारिक उम्मेदवार टुंगो लगाएको हो । बैंकको निर्वाचनका लागि अहिलेसम्म उप्रेतीबाहेक अरु आकंक्षी देखिएका छैनन् । नेकपा समर्थित पोखरेल र उप्रेतीबीच सहमति भएपछि उप्रेती बैंकको अध्यक्ष बन्ने पक्का देखिएको हो । बैंकको निर्वाचन कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ । बैंकका १० हजार दुई १८ सदस्य छन् ।