ए ठूली नाकैमा फुली

ए ठूली नाकैमा फुली

गायक जगदीश समालको नयाँ गीत ए ठूली नाकैमा फुली म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

इन्द्रदेव सुवेदीको गीत रचना रहेको गीतमा संगीत नारायण सुवेदी ‘आवश’ र उदयराज पौडेलको एरेन्ज रहेको छ। रोमान्टिक फ्लेवरको गीतको भिडियो फर्पिङमा खिचिएको छ।

गीतको म्युजिक भिडियोमा गीतकार इन्द्रदेव सुवेदी र सृष्टि खड्का देखिएका छन्। भिडियो निर्देशन निसान घिमिरेले गरेका छन् भने कोरियोग्राफी सुरेन बस्यालको रहेको छ। म्युजिक भिडियोमा अजय रेग्मीको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।