तपाईंकै राशिफलः पुस २० गते, शुक्रबारको फलादेश

तपाईंकै राशिफलः पुस २० गते, शुक्रबारको फलादेश

–ज्योतिषवाणी–

पौष २० गते शुक्रबार तदनुसार ई. सं. २०१९ जनवरी ०४ तारिख, आजको चाडपर्व र उत्सव : दिशिचह्रे पूजा, आजको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र, पौष कृष्णपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपछि ०५:०२ बजेसम्म, त्यसपछि अमावस्या तिथि, ज्येष्ठा नक्षत्र, दिउँसो ०१:५२ बजेसम्म, त्यसपछि मूल नक्षत्र, आजको चन्द्रमा बृश्चिक राशिमा, दिउँसो ०१:५२ बजेसम्म, त्यसपछि धनु राशिमा, बृद्धि योग, मध्यरात्रीपछि ०२:५४ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा विष्टि (भद्रा) करण साँझ ०४:३३ बजेसम्म, त्यसपछि शकुनि करण मध्यरात्रीपछि ०५:०२ बजेसम्म, अन्तिममा चतुष्पाद करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:२० बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

कार्य हानि, शत्रु भयका साथै कार्यमा कठिनाइ हुनेछ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

धन लाभ, मित्र सुखका साथै यात्राको योग देखिन्छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

मित्र लाभ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

पराक्रम बढ्ने, कार्य लाभका साथै आर्थिक उन्नति हुनेछ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

खर्च बढ्ने, कार्य अवरोधका साथै आर्थिक उतारचढाव रहनेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

श्रीवृद्धि, धन लाभका साथै कार्यमा उन्नति हुनेछ । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

आर्थिक लाभ, कार्य प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

धन लाभ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

कार्य हानि, रोग बढ्नुका साथै आर्थिक उताचढाव रहनेछ । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । वादविवादमा विजय प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

व्यापार बढ्ने, काम बन्नुका साथै प्रियलाभ हुनेछ ।  विशेष ज्ञान प्राप्त हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

व्यापार बढ्ने, कार्य लाभका साथै भौतिक वस्तुबाट लाभ रहनेछ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, श्रममूलक काममा फाइदा लिन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

मित्र लाभ, कीर्ति वृद्धिका साथै यात्राको योग देखिन्छ । यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।