रेशम चौधरीको सपथप्रति नेपाली काँग्रेसको विरोध

रेशम चौधरीको सपथप्रति नेपाली काँग्रेसको विरोध

कठमाडौं, १९ पुस । नेपाली काँग्रेसले टीकापुर घटनाका प्रमुख योजनाकार भनिएका रेशम चौधरीको संघीय संसदको प्रतिनिधि सभाको सांसद पदको सपथ ग्रहणप्रति आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विईटरमार्फत चौधरीको सपथ गराएर सरकारले कानुनी राज्यको खिल्ली उडाएको टिप्पणी गर्नु भएको छ ।

काँग्रेस प्रवक्ता शर्माले प्रतिनिधिसभा नियमावली २४४ (३) अनुसार नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न नपाउने नियमसमेत उल्लेख गर्नु भएको छ । प्रवक्ता शर्माले कञ्चनपुरकी वालिकाले न्याय नपाईरहँदा सरकार चौधरीलाई पुरुस्कार स्वरुप सांसद पद उपहार दिन लागेको टिप्पणी गर्नु भएको छ ।