–ज्योतिषवाणी–
पौष १९ गते बिहीबार तदनुसार ई. सं. २०१९ जनवरी ०३ तारिख, आजको चाडपर्व र उत्सव : गुरु प्रदोष व्रत, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र, पौष कृष्णपक्षको त्रयोदशी तिथि, मध्यरात्रीपछि ०४:१० बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, अनुराधा नक्षत्र, दिउँसो १२:४४ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, आजको चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, मध्यरात्रीपछि ०३:२६ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा गर करण साँझ ०३:५४ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०४:१० बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:२० बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक अस्थिरता रहनेछ, खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आकस्मिक लाभका योग देखिन्छन्, मित्र उन्नतिका साथै प्रेमिल दिन रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक उन्नति हुनेछ, कार्य लाभका साथै सुखदु यात्राका योग पनि देखिन्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र लाभ हुनेछ, व्यवसायमा वृद्धि हुनुका साथै सामाजिक कार्यमा मन जानेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा चपलता रहनेछ, कार्यमा संघर्ष गर्नुपरे पनि निर्णय तपाइको पक्षमा आउने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घर परिवारिवारमा सुख मिल्नेछ, कार्य लाभका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा वृद्धि हुनेछ, मित्र लाभका साथै दिन अर्थकरी रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यमा सफलता मिल्नेछ, कान्तिवृद्धिका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्र अवरोध रहनेछ, कार्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा सफलता मिल्नेछ, धन लाभका साथै आर्थिक उन्नति हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सोचेका काम बन्नेछन्, आर्थिक उन्नतिका साथै प्रियजनबाट लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक कार्यमा मन जानेछ, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।