काँग्रेसका संसदीय दलको कार्यसमितिमा चारजना थपिए (को को थपिए ?)

काँग्रेसका संसदीय दलको कार्यसमितिमा चारजना थपिए (को को थपिए ?)

काठमाडौं, १८ पुस ।नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ ।

नेपाली काँग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काँग्रेस संसदीय दलको विधानको धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ, डा. डिला संग्रौला पन्त, देवप्रसाद तिमिल्सिना र पार्वता डिसी चौधरीलाई काँग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गर्नुभएको हो ।