तपाईंको राशिफलः पुस १८ गते, बुधबारको भाग्यादेश

तपाईंको राशिफलः पुस १८ गते, बुधबारको भाग्यादेश

–ज्योतिषवाणी–

२०७५ पौष १८ गते बुधबार तदनुसार ई. सं. २०१९ जनवरी ०२ तारिख,आजको चाडपर्व र उत्सव : त्रिपुष्कर योग बिहान ०३ बजेर ४८ मिनेटपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, पौष कृष्णपक्षको द्वादशी तिथि, मध्यरात्रीपछि ०३:४७ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, विशाखा नक्षत्र, दिउँसो १२:०९ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, आजको चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), शूल योग, मध्यरात्रीपछि ०४:२० बजेसम्म, त्यसपछि गण्ड योग, सुरुमा कौलव करण साँझ ०३:४९ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०३:४७ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१९ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै शारीरिक आलश्यता रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

प्रियजनबाट लाभ हुनेछ, व्यवसायमा वृद्धिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

पारिवारिक सुख मिल्नेछ, व्यवसायमा वृद्धिका साथै आय अर्जनका अवसर मिल्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

खर्चमा वृद्धि हुनेछ, आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

मित्र लाभ हुनेछ, सोचेका काम बन्नुका साथै प्रेमिल दिन रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

धनको क्षेत्र सबल देखिन्छ, सामाजिक कार्यम रुचि जाग्नुका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

मीष्ठान्न लाभ हुनेछ, कान्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

आर्थिक अस्थिरता रहनेछ, शत्रु पक्ष सबल हुनुका साथै कार्यमा पनि अवरोध आउनसक्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

मनमा कार्यगर्ने उत्साह छाउँनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

व्यपारमा वृद्धि हुनेछ, कान्ति वृद्धिका साथै कार्यमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

मनमा प्रशन्नता रहनेछ, आर्थिक उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।