जलवायु सम्मेलन आज सकिँदै

जलवायु सम्मेलन आज सकिँदै

सिन्धुपाल्चोक, १७ पुस । सिन्धु घोषणापत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरे गुफाडांडामा हिजो सुरु भएको राष्ट्रिय जलवायु सम्मेलन आज सकिने भएको छ ।

सम्मेलनको राष्ट्रपति विद्यादेवि भण्डारीले हिजो उद्घाटन गर्नुभयो । जलवायु परिवर्तनको प्रभाव र यसको न्यूनिकरणका लागि तीनै तहका सरकारको भूमिकाका बारेमा दुई दर्जनभन्दा धेरै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा भएको छलफल र उठेका विषय समावेश गरी घोषणा पत्र जारी गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।