ए डिभिजन लिग फुटबलः आज २ वटा खेल हुँदै, पुलिस र एपीएफ भिड्दै

ए डिभिजन लिग फुटबलः आज २ वटा खेल हुँदै, पुलिस र एपीएफ भिड्दै

काठमाडौं, १७ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा छन् । दुवै खेल दिउँसो साढे २ बजे शुरु हुने छ। एन्फा मैदान सातदोबाटोमा हुने खेलमा सरस्वती युवा क्लबर च्यासल युथ क्लब भिड्ने छन् । १२ औं चरणको लिग जारी रहँदा च्यासल १५ अंक सहित आठौं स्थानमा छ भने १० अंक जोडेको सरस्वती १० औं स्थानमा रहेको छ ।

आजको खेलमा च्यासल विजयी भए नेपाल पुलिस क्लबसँग अंक बराबरी गर्दै छैटौं स्थानमा उक्लने छ । सरस्वती विजयी हुँदा एक स्थान माथि उक्लने छ । यस्तै एपीएफ मैदानमा दुई विभागीय क्लब नेपाल पुलिस र एपीएफ आमने सामने हुँनेछन् ।

पुलिस जारी लिग टप फाइभ भित्रै रहेर समापन गर्ने दाउँमा रहेकाले आजको खेलमा विजयी भए तालिकामा अंक थप गरे पनि पाँचौ स्थानमा यथावत रहने छ । तर सातौं स्थानको एपीएफ बिजयी भए पुलिसलाई छैटौं स्थानमा झारेर पाँचौ स्थानमा पुग्ने छ ।