तपाईंकै राशिफल हेर्नुहोस्ः पुस १७ गते, सन् २०१९ को पहिलो दिन

तपाईंकै राशिफल हेर्नुहोस्ः पुस १७ गते, सन् २०१९ को पहिलो दिन

–ज्योतिषवाणी–

पौष १७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जनवरी ०१ तारिख,आजको चाडपर्व र उत्सव : सफला एकादशी व्रत, अंग्रजी नयाँवर्ष सन् २०१९ प्रारम्भ,आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, पौष कृष्णपक्षको एकादशी तिथि, मध्यरात्रीपछि ०३:५५ बजेसम्म, त्यसपछि द्वादशी तिथि, स्वाती नक्षत्र, दिउँसो ११:५९ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र,आजको चन्द्रमा तुला राशिमा, मध्यरात्रीपछि ०६:०२ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, सुकर्मा योग, बिहान ०७:१७ बजेसम्म, त्यसपछि धृति योग,सुरुमा बब करण साँझ ०४:१० बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०३:५४ बजेसम्म, अन्तिममा कौलव करण,काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

व्यवसायमा वृद्धि हुनेछ, कार्यमा उन्नतिका साथै धातुजन्य वस्तु लाभदायी रहनेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

मित्र लाभ हुनेछ, धनको क्षेत्र सबल रहनुका साथै सुखद् यात्राको योग देखिन्छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

आर्थिक उन्नति हुनेछ, व्यपारमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै बोलमिा विकार रहने देखिन्छ ।  परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

मित्र लाभ हुनेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

कान्ति वृद्धि हुनेछ, कार्यमा सफलता मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

आर्थिक उन्नतिका योग देखिन्छन्, व्यवसायमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।  मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

मनमा चपलता रहनेछ, कार्यमा अस्थिरताका साथै खर्चमा वृद्धि हुने देखिन्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

आर्थिक पक्ष सबल रहनेछ, सामजिक कार्यमा मन जानुका साथै यात्राका योग पनि देखिन्छन् ।  लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

आर्थिक स्थिति सबल रहनेछ, कार्य लाभका साथै धार्मिक कार्यमा मन जानेछ ।  मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

शत्रु पक्ष सबल रहने भएकाले कार्यमा अस्थिरता आउन सक्छ, स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ ।  प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् ।