काठमाडाैं, १६ पुस । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ०.५ डिग्री सेल्सियसमा झरेको छ ।
महाशाखाले सोमबार बिहान ८ः४५ मा गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम शुन्यमा झरेको जनाएको हो । महाशाखाका अनुसार तापक्रम घट्ने क्रम जारी रहनुका र चिसो अझै बढ्ने छ ।
प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् । उनिहरुले देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार बताएका छन् ।
दिपायल ०.४, डडेलधुरा २.९, धनगढी २.५, विरेन्द्रनगर ०.५, नेपालगञ्ज ४.२, जुम्ला माइनस ७.४, दाङ ०.१, पोखरा ४.० डिग्री रह्यो । भैरहवाको ६.४, सिमराको ४.०, ओखलढुंगाको २.३, धनकुटाको ४.० र विराटनगरको ३.७ डिग्री रहेको छ ।
महाशाखाले सोमबार पश्चिमी क्षेत्रमा हल्का बादल लागेको र अन्य क्षेत्रमा मौसम सफा रहेको जनाएको छ