शेख हसिनाको पार्टीलाई भारी बहुमत

शेख हसिनाको पार्टीलाई भारी बहुमत

एजेन्सी । बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग बहुमतका साथ विजयी भएको छ ।

हिजो भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहो¥याएको छ । अवामी लिगले ३ सय ८० संसदीय क्षेत्रमध्ये २८१ मा आफ्नो जित दर्ता गर्न सफल भयो । प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल हुनु भएको छ ।

तर मुख्य विपक्षी दल बांग्लादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ ।

बीएनपीका प्रवक्ताले २२१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन् । मतदान सुरु हुनु भन्दा पहिले नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिष्कार गरेका थिए ।
मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो ।