

–ज्योतिषवाणी–
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रिय जनबाट लाभ हुनेछ, आर्थिक उन्नतिका साथै अध्ययनमा पनि रुचि जाग्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यमा उन्नति हुनेछ, व्यापार व्यवसायाम वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा प्रशन्नता रहनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीमा विकार रहनेछ, कार्यमा अस्थिरताका साथै आर्थिक उतार चढाव रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सुख मिल्नेछ, कार्य लाभका साथै आर्थिक उन्नति हुने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मीष्ठान्न प्राप्तिको योग देखिन्छ, जलीय पदार्थ लाभदायी रहनुका साथै दिन मनोरञ्जनपूर्ण रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै आर्थिक उतार चढाव रहने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्र लाभ हुनेछ, कार्य प्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा रुचि जाग्नेछ, धन लाभका साथै भौतिक वस्तुबट उन्नति हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्र सहयोग मिल्नेछ, काम बन्नुका साथै अध्ययनमा सफलता प्राप्त हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक वस्तु लाभदायी रहनेछन्, मनमा प्रशन्नता रहनुका साथै कार्यमा उन्नति हुने देखिन्छ ।