

–ज्योतिषवाणी–
पौष १५ गते आइतबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ३० तारिख, आजको चाडपर्व र उत्सव : तमु ल्होत्सार, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पौष कृष्णपक्षको अष्टमी तिथि, बिहान ०७:०२ बजेसम्म, त्यसपछि नवमी तिथि, हस्ता नक्षत्र, दिउँसो ०१:०३ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, आजको चन्द्रमा कन्या राशिमा, मध्यरात्रीपछि १२:३९ बजेसम्म, त्यसपछि तुला राशिमा, शोभन योग, दिउँसो ११:४५ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा कौलव करण बिहान ०७:०२ बजेसम्म, त्यसपछि तैतिल करण साँझ ०६:१९ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०३:५९ देखि ०५:१६ सम्म, यमघण्ट : दिउँसो १२:०६ देखि ०१:२४ सम्म, गुलिक काल : दिउँसो ०२:४२ देखि ०३:५९ सम्म , आजको वारवेला :– उद्वेग वारवेला : बिहान ०६:५५ देखि ०८:१३ सम्म, साँझ ०३:५९ देखि ०६:५९ सम्म र मध्यरात्रीपछि ०५:१३ देखि ०६:५५ सम्म, शुभ वारवेला : दिउँसो ०१:२४ देखि ०२:४२ सम्म र बेलुका ०६:५९ देखि ०८:४२ सम्म, अमृत वारवेला : दिउँसो १०:४८ देखि १२:०६ सम्म र बेलुका ०८:४२ देखि १०:२४ सम्म, चर वारवेला : बिहान ०८:१३ देखि ०९:३१ सम्म र बेलुका १०:२४ देखि १२:०६ सम्म, रोग वारवेला : दिउँसो ०२:४२ देखि ०३:५९ सम्म र मध्यरात्रीपछि १२:०६ देखि ०१:४८ सम्म, काल वारवेला : दिउँसो १२:०६ देखि ०१:२४ सम्म र मध्यरात्रीपछि ०१:४८ देखि ०३:३१ सम्म, लाभ वारवेला : बिहान ०९:३१ देखि १०:४८ सम्म र मध्यरात्रीपछि ०३:३१ देखि ०५:१३ सम्म
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साता कार्यदायी छ । धन आर्जन गर्ने छ । हरेक काममा सफलता मिल्नेछ । ज्ञानगुनका कुरामा मन जाला । मठ मन्दिरतिर ध्यान जानेछ । घर परिवारको राम्रो सहयोग पाइएला । साथीसंगीसंग घुमफिरको समय छ । चिसोयाम भए पनि स्वास्थ्य राम्ैहुनेछ । साताको मध्यमा अपव्ययको योग छ ख्याल गर्नुहोला । साता अन्त्यमा काममा कठिनाइ आउन सक्छ सजग रहनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साता सफल रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । कार्य लाभका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । घर परिवारमा सुख रहनेछ । व्यापार व्यवसायबाट उन्नति हुने देखिन्छ । विद्याको क्षेत्र बलवान् रहनेछ । बिहीबारबाट भने कार्यमा अस्थिरता आउने देखिन्छ । स्वास्थ्यमा पनि समस्या देखिन सक्छ । दुर्गा भगवतीको उपासना शुभ रहने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साता उन्नतिकारक रहनेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । सोचेका काम पूरा हुनेछन् । मित्र सहयोगले उल्लेख्य कार्य सम्पन्न हुनेछ । नयाँ कार्य गर्ने उत्साह मनमा छाउँनेछ । मानोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साता लाभदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा अस्थिरता रहनेछ । मंगलबारबाट भने कार्यमा उन्नति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । बोलीको विशेष प्रभाव पर्नेछ । नयाँ कार्य अवसर प्राप्त हुनेछ । टाढिएका व्यक्ति नजिक आउनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साता कार्यदायी रहनेछ । कार्य गर्ने सुखद् अवसर प्राप्त हुनेछन् । व्यवसाय वृद्धिदायी रहनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । मंगल र बुधबार भने खर्चमा वृद्धि हुन सक्ने देखिन्छ । स्वास्थ्यमा सजगता अपनाउनु नै उचित हुने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साता सुखद् रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । धनको क्षेत्र सबल रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कला साहित्य र मनोरञ्जनका क्षेत्रमा विशेष संलग्नता रहनेछ । बिहीबारबाट कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ । यो साता गणेशजीको उपासना शुभ रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साता सुखद् रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छ । कार्यमा सफलता मिल्नेछ । पारिवारिक साथ सहयोगले साता सुन्दर रहनेछ । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ । मित्र सहयोग प्राप्त हुनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । नयाँ कार्य गर्ने अवसर पनि मिल्नेछन् । भौतिक वस्तु लाभदायी रहने देखिन्छ । सन्तान सुख मिल्नेछ । सज्जनको संगतले साता सफल रहने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साता मिश्रित लाभदायी रहनेछ । सोमबारसम्म खर्चमा वृद्धिका साथै सवास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । मंगलबारबाट समय राम्रो बन्दै जानेछ । व्यवसायमा सफलता मिल्नेछ । आर्थिक उन्नतिका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै आय अर्जनमा पनि वृद्धि हुने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साता सुखद् रहनेछ । कृषि कर्ममा विशेष रुचि जाग्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य गर्ने उत्साह मनमा छाउनेछ । प्रेम जीवन सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । मंगलबार र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साता लाभदायी रहनेछ । सोचका काम बन्नेछन् । अध्ययनमा रुचि जाग्नेछ । प्रेम जीवन सुखद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक उन्नतिको योग देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । पारिवारिक साथसहयोग प्राप्त हुनेछ । शत्रु पराजित हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साता सुखद् रहनेछ । कार्यमा उन्नति हुनेछ । व्यवसायमा वृद्धिका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् । मित्र सहयोगले साता सफल बन्नेछ । व्यापारमा वृद्धि हुनुका साथै नयाँ काम मिल्ने योग पनि देखिन्छ । कर्म क्षेत्र बलवान् रहेकोछ । आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । शत्रु पराजित हुने छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा व्यवधानका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । शत्रु पक्ष सबल रहनेछन् । मंगलबारबाट कार्यमा उन्नति हुँदै जानेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभको योग पनि देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । पारिवारिक सुख मिल्नु्का साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन मध्यम रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कुलदेवताको स्मरण शुभफलदायी रहनेछ ।