

काठमाडौँ, १४ पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज सामान्यतया सफा रहने छ । बिहान केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको भएपनि बिस्तारै हट्ने र दिउँसो घाम लाग्ने सम्भावना रहेको बताइएको छ ।
काठमाडौँ उपत्यकामा आज दिउँसो घाम लाग्नेछ । आज बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।