ए डिभिजन लिग फुटबलमा पुलिसले थ्रीस्टारलाई हरायो

ए डिभिजन लिग फुटबलमा पुलिसले थ्रीस्टारलाई हरायो

काठमाडौं, १३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागिय टोली नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।

आज भएको खेलमा पुलिसले थ्री स्टारलाई ३–१ गोल अन्तरले हराएको हो । पुलिसलाई जित दिलाउन निर कुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक एक गोल गर्नुभयो । पुलिससँगको हारसँंगै थ्री स्टारले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । लिगमा थ्री स्टारको यो तेस्रो हार हो । थ्री स्टारले ११ खेलबाट २३ अंक जोडेको छ भने पुलिस १८ अंक जोडेर पाँचौ स्थानमा उक्लिन सफल भएको छ ।