काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पष्ट जवाफ नआएको भन्दै नेताहरुले विरोध गरेपछि आज बस्नेगरी बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा उठेका विषयलाई सही तरिकाले सम्बोधन नगरेको भन्दै स्थायी कमिटीका सदस्यले उहाँको राजनीतिक प्रतिवेदन पारित गर्ने प्रस्ताव अस्वीकार गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजो बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पारित गर्न आग्रह गर्नुभएको थियो । तर, स्थायी कमिटी सदस्यले बैठकमा उठेका विषयलाई अध्यक्ष ओलीले सही तरिकाले सम्बोधन नगरेको भन्दै विरोध गरेका थिए ।
दुई घण्टाबढी समय बोल्नुभएका अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पारित गर्न गरेको आग्रहप्रति नेता वामदेव गौतम, भीम रावल, घनश्याम भुसालले विरोध गर्नुभएको हो ।