बढ्यो धान उत्पादन 

बढ्यो धान उत्पादन 

काठमाडौं, १२ पुस । नेपालमा यसवर्ष धान उत्पादन ९ प्रतिशतले बढेको छ । यसवर्ष ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

गतवर्ष ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष बढेर ५६ लाख १० हजार मेट्रिक टन पुगेको मन्त्रालयले जानकारी दिएको छ । यसैबीच, धान र चामलको आयात पनि २० प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।