ए डिभिजन लिग फुटबलः उपाधिका लागि निर्णायक खेल हुँदै

ए डिभिजन लिग फुटबलः उपाधिका लागि निर्णायक खेल हुँदै

काठमाडौं, १२ पुस । सहिद स्मारक ए डिभिजन लिगे फुबटल अन्र्तगको ११ औं चरणको खेल अन्र्तगत आज उपाधिका लागि निर्णायक खेल हुने छ ।

आज हुने दुई खेलमा क्रमशः विभागीय टिम एपीएफ र च्यासल युथ क्लब तथा मनाङ मस्र्याङ्दी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा हुने आजको पहिले खेल बिहान ११ बजेबाट सुरु हुनेछ । यस्तै मनाङ र संकटाबीचको खेल एन्फा कम्प्लेक्समै दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

मनाङले आज संकटालाई पराजीत गरे कीर्तिमानी ७ औं पटक उपाधि जित्ने टोली बन्नेछ । मनाङ १० खेलबाट ३० अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।