‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट एघाराै‌ँ चरणका खेलहरू हुँदै

‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट एघाराै‌ँ चरणका खेलहरू हुँदै

कठमाडौं, ११ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट एघाराैा चरणका खेलहरू सुरु हुँदैछ । ११ औँ चरणको खेल अन्र्तगत आज ३ खेल हुनेछन् ।
पहिलो खेलमा ब्रिगेड ब्वाईज र हिमालयन शेर्पा क्लबबीच ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ११ बजेबाट प्रतिस्पर्धा सुरु हुनेछ । दुवै टोली स्पष्ट जित निकाल्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रने छ ।
हिमालयन शेर्पा क्लब महत्वपुर्ण ३ अङ्क जोड्दै तालिकाको शीर्ष पाँच भित्र अटाउने लक्ष्यमा हुनेछ । शेर्पा १४ अंक सहित तालिकाको आठौँ स्थानमा छ । ब्रिगेड ६ अङ्क सहित १२ औं स्थानमा छ । आज हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजेबाट एन्फा मैदानमै खेल हुनुेछ ।

जावलाखेल ८ अङ्क सहित दशौँ स्थानमा छ । मछिन्द्र ६ अङ्क सहित तालिकाको १३ औं स्थानमा छ । यस्तै आजै हुने तेस्रो खेलमा न्यूरोट टिम एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हलचोकस्थित एपीएफ मैदानमा साढे २ बजेबाट सुरु हुने खेलमा तालिकाको पुछारमा रहेको एनआरटीलाई फ्रेन्ड्सविरुद्व जित निकाल्दै तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । फ्रेन्ड्स ८ अङ्क सहित तालिकाको एघारौँ स्थानमा छ । एनआरटी ४ अङ्क सहित तालिकाको पुछारमा छ ।