

-ज्योतिषवाणी-
वि.सं. २०७५ पौष ०४ गते बुधबार तदनुसार ई. सं. २०१८ डिसेम्बर १९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५० बजे र सूर्यास्त : साँझ ०५:११ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४० बजे र सूर्यास्त : साँझ ०५:०५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । आर्थिक उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । शत्रु पक्ष सबल रहनेछन्, व्यवसायमा अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।
श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।मित्र सहयोग प्राप्त हुनेछ, कार्य प्राप्तिका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।
गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।मनमा प्रशन्नता रहनेछ, भौतिक वस्तु लाभदायी रहनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । मित्र सहयोग प्राप्त हुनेछ, कार्यमा उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् ।खर्चमा वृद्धि हुने देखिन्छ, कार्यमा विलम्ब रहनुका साथै स्वास्थ्यमा पनि केही समस्य झेल्नुपर्नेछ ।
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । व्यापारमा वृद्धि हुनेछ, धनको क्षेत्र लाभदायी रहनुका साथै कला साहित्यका क्षेत्रमा मन जानेछ ।
काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । परदेश वा दूरदराजका क्षेत्रबाट लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सचेत हुनुपर्छ । अनावश्यक दौडधुपमा समय बित्नेछ ।प्राविधिक क्षेत्रमा उन्नति हुनेछ, व्यवसायिक सफलता प्राप्त हुनुका साथै आयमा वृद्धि हुने देखिन्छ ।
सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । लक्ष्मी वृद्धिको योग देखिन्छ, आफन्त सहयोग मिल्नुका साथै भौतिक वस्तु लाभदायी रहनेछन् ।
आज काम बिग्रने डरले सताइरहने दिन हो । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । मनमा अस्थिरता रहनेछ, कार्यमा कठिनाइका साथै स्वास्थ्यमा पनि उतार चढाव रहनेछ ।
पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । मित्र सुख मिल्नेछ, प्रिय लाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।
ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । आयमा वृद्धि हुनेछ, व्यवसायमा सफलता मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।