

एजेन्सी । भारतको विपक्षी दल कांग्रेस आइका वरिष्ठ नेता शकील अहमदले मोदी सरकारको अहंकारका कारण भारतसँग नेपाल र नेपाली जनता टाढिएको आरोप लगाउनुभएको छ ।
नेपालमा हालै १ सय रुपैयाँभन्दा ठूला दरका भारतीय नोटमा लगाइएको प्रतिबन्धबारे टिप्पणी गर्दै उहाँले यसमा मोदी सरकारकै अहंकार मुख्य जिम्मेवार रहेको बताउनुभयो ।
पूर्व केन्द्रीय मन्त्रीसमेत रहनुभएका अहमदले ठूला दरका भारतीय नोटमाथिको प्रतिबन्धका कारण सीमा क्षेत्रका नागरिकलाई समस्या भएको बताउनुभयो ।