नेकपाको स्थायी कमिटी आज पनि बस्दै

नेकपाको स्थायी कमिटी आज पनि बस्दै

काठमाडौं, ३ पुस । सरकार र पार्टी सञ्चालनप्रति असन्तुष्टि जनाउँदै नेकपाको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ ।

हिजो भएको बैठकमा बामदेव गौतम, घनश्याम भुसाललगायतका दसजना नेताहरूले भनाइ राख्नु भएको थियो । अधिकांशले अध्यक्ष ओलीले सिङ्गो पार्टीको नेतृत्व गर्न नसकेको धारणा राखेको स्रोतले जनाएको छ । अहिलेकै शैलीमा सरकार र पार्टी सञ्चालन भइरहे जनताले विश्वास गरेर दिएको ऐतिहासिक अवसर गुम्ने चेतावनी पनि नेताहरुले दिएका छन् ।

आजको बैठकमा भीम रावललगायतका नेताहरूले दुई अध्यक्षले तयार पारेको र नेता गौतमले छुट्टै प्रस्तुत गरेको प्रतिवेदनको बारेमा आ–आफ्नो धारणा राख्ने जनाइएको छ । स्थायी कमिटीको आजको बैठक केहीबेरमा सुरु हुँदैछ ।