राशिफल पुस ३ गते, मंगलबारको भाग्यादेश

राशिफल पुस ३ गते, मंगलबारको भाग्यादेश

–ज्योतिषवाणी–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
मीष्ठान्न प्राप्तिका योग देखिन्छन्, मनमा उत्साह छाउनुका साथै कार्यमा पनि सफलता मिल्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
स्वास्थ्यमा अस्थिरता रहनेछ, शारीरिक आलश्यताले कार्यमा बाधा व्यवधान आउन सक्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
व्यवसायमा सफलता मिल्नेछ, अध्ययनको क्षेत्र मध्यम देखिन्छ भने कृषि क्षेत्रमा सफलता हात पर्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मित्र सहयोग प्राप्त हुनेछ, आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
भौतिक क्षेत्र लाभदायी रहनेछ, कार्य गर्ने उत्साह छाउनुका साथै सामाजिक मान प्रतिष्ठा प्राप्तिको योग पनि देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
शत्रु पक्ष सबल देखिन्छन्, बोलिमा विकार रहनुका साथै कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
प्रिय लाभ हुनेछ, आय आर्जनका योग देखिन्छन्, रमाइलो भेटघाटले दिनलाई उल्लासमय बनाउनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
चिसो पदार्थ हानिकानरक रहनेछ, मित्र लाभका साथै व्यवसायमा उन्नति हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
व्यापारमा वृद्धि हुनेछ, सज्जनको सहयोगले कार्यमा उन्नति हुने योग देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
कार्यमा केही कठिनाइ भोग्नुपर्नेछ, आर्थिक अस्थिरता रहनुका साथै स्वास्थ्यमा पनि समस्या रहनसक्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
आय आर्जनमा वृद्धि हुनेछ, कार्य गर्ने उत्साह मनमा छाउनुका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
मित्र लाभ हुनेछ, व्यवसायिक सफलता मिल्नुका साथै मनोरञ्जनका क्षेत्रमा लगाव रहनेछ ।