

काठमाडौं, २ पुस । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
संसदीय सुनुवाइ विशेष समितिको प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरुद्ध उजुरी दिन आजबाट आह्वान गर्ने भएको छ । जबराविरुद्धको उजुरी आजदेखि आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
उजुरी दिने म्याद सकिएपछि उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल हुनेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।