नेकपाको स्थायी समिति बैठकमा प्रतिवेदनमाथि आजदेखि छलफल

नेकपाको स्थायी समिति बैठकमा प्रतिवेदनमाथि आजदेखि छलफल

काठमाडौं, २ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन माथिको छलफल आजबाट सुरु हुने भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन र सचिवालय सदस्य बामदेव गौतमले राखेको फरक मतका विषयमा बैठकमा छलफल हुनेछ । गौतमले फरक मत राखेपछि पार्टीभित्र विभिन्न कोणबाट बहस शुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र दाहाल निकटका नेताले सांसद पद नपाएका कारण बामदेवको छुट्टै प्रतिवेदन आएको टिप्पणी गर्न थालेका छन् भने, कतिपय नेता कार्यकर्ताले समर्थन समेत गरेका छन्