राशिफलः तपाईंको पुस महिनाभरको भाग्यफल

राशिफलः तपाईंको पुस महिनाभरको भाग्यफल

-ज्योतिषवाणी-

वि.सं. २०७५ पौष ०१ गते आइतबार तदनुसार ई. सं. २०१८ डिसेम्बर १६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे, मार्गशीर्ष शुक्लपक्षको नवमी तिथि ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पुस १ गते लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना फलदायी रहनेछ । कार्यमा सफलता मिल्ने देखिन्छ । सामाजिक पद प्रातिष्ठा प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । स्वास्थ्यको क्षेत्र भने निर्वल देखिन्छ । जलीय पदार्थबाट सजग रहनु नै उत्तम हुनेछ । मित्रजनबाट साथ सहयोग मिल्नेछ । विद्या अर्थकरी रहनेछ । भू–धनबाट विशेष लाभ हुने देखिन्छ । प्रेम जीवन सबल र सुखद् रहने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पुस १ गते लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना संघर्षदायी रहनेछ । शत्रु पक्ष सबल रहनेछन् । हाड नसामा समस्या देखिन सक्छ । अइयनको क्षेत्र सबल र फल रहनेछ । नयाँ कार्यप्राप्तिको योग देखिन्छ । व्यापार व्यवसाय मध्यम लाभदायी रहनेछन् । वाणिज्य क्षेत्रमा विशेष उन्नति हुने देखिन्छ । आमदानीका स्रोत बढ्ने छन् । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । भगवतीको उपासनाका साथै राता वस्तुको प्रयोग शुभ रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पुस १ गतेका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना यात्रामयी रहनेछ । भूधनबाट लाभ हुनेछ । प्राविधिक कार्यमा रुचि जाग्नुका साथै उन्नति प्रगति हुने पनि देखिन्छ । विद्याको क्षेत्र उन्नतिकारक देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ । बौद्धिक उन्नयनका कार्यमा लगाव रहने देखिन्छ । मित्र जनको सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक कार्यमा विशेष रुचि जाग्नेछ । कुरा कबाट्नेको संख्या बढ्नुका साथै महिनाको उत्तराद्र्धकबाट स्वास्थ्यमा प्रतिकूलता रहनसक्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पुस १ गतेका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना लाभदायी रहनेछ । पराक्रम बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ । व्यापार व्यवसायबाट उन्नति हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रमा पििन रुचि जाग्ने छ । प्रेम जीवन सफल र सुखद् रहनेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । आफन्तजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । व्यवसायमा वृद्धि हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । नयाँ कार्य गर्ने उत्साह मनमा छाउने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पुस १ गतेका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना कार्यदायी रहनेछ । व्यवसायमा व्यस्तता बढ्ने छ । आर्थिक उन्नतिका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । धनको क्षेत्र सबल देखिन्छ । आर्थिक वृद्धिका परिसूचकहरू देखा पर्नेछन् । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनेछ । सखद् यात्राका योग पनि देखिन्छन् । कीर्ति वृद्धिका साथै पदोन्नतिका अवसर पनि मिल्ने देखिन्छ । स्वास्थ्यमा भने प्रतिकूलता रहन सक्ने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पुस १ गतेका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना लाभदायी रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । कार्यक्षेत्रमा भने कडा मिहिनेत र परिश्रमको जरुरत पर्ने देखिन्छ । अध्ययन अध्यापनका क्षेत्रमा उन्नति प्रगति हुनेछ । कार्योन्नतिको योग पनि देखिन्छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । काम बन्नुका साथै मित्र सुख मिल्नेछ । कृषि कार्यमा रुचि जाग्ने देखिन्छ । आमदानीका स्रोत निरन्तर बढ्ने देखिन्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पुस १ गतेका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना उन्नतिकारक रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । पराक्रम ब्नुकका साथै सामाजिक मान प्रतिष्ठा प्राप्त हुने छ । यात्राका विशेष योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । भू धनबाट विशेष लाभ हुने देखिन्छ । विद्या लाभदायी रहनेछ । शत्रु पराजित हुनेछन् । व्यापार व्यवसायबाट लाभ हुनेछ । सोचेका काम बन्नुका साथै नयाँ कार्यको थालनी हुने देखिन्छ । शत्रु सबल रहनेछन् । खर्चमा भने वृद्धि हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पुस १ गतेका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना मध्यम फलदायी रहनेछ । पारिवारिक सुख मिल्ने देखिन्छ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम रहनेछ । यात्राका विशेष योग देखिन्छन् । व्यवसायमा उन्नति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै धार्मिक सामाजिक कार्यमा अभिरुचि जाग्नेछ । कार्य क्षेत्र सबल छ । स्वास्थ्यमा विशेष ध्यान दिनु उपयुक्त हुने देखिन्छ । व्ययमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पुस १ गतेका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना मध्यम फलदायी रहनेछ । कार्यमा उन्नति हुनेछ । सोचेका काम बन्ने छन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । श्रीवृद्धि हुनुका साथै कार्य प्राप्तिको योग देखिन्छ । मित्रजनबाट सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख मिल्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । स्वास्थ्यमा सजगता अपनाउनु नै उचित हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै कर्मप्राप्तिको योग पनि छ । स्वास्थ्यमा भने प्रतिकूलता रहने देखिन्छ । चिसोकुरा हानिकारक रहन सक्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पुस १ गते का लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना फलदायी रहनेछ । कर्मप्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक लाभका योग पनि देखिन्छन् । बोलीको विशेष प्रभाब बढ्नेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुने छ । शत्रु पराजित हुने छन् । खर्चको क्षेत्रमा भने वृद्धि हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पुस १ गतेका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस लाभदायी महिना रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । कार्यमा उन्नति हुने देखिन्छ । सामाजिक मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । पारिवारिक सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । शत्रु पक्ष निर्वल रहनेछन् । कर्मप्राप्तिको योग छ । स्वास्थ्यको क्षेत्रमा विशेष सजग रहनु उपयुक्त हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पुस १ गते का लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । पुस महिना लाभदायी रहनेछ । कर्म प्राप्तिको योग देखिन्छ । भूधन लाभदायी रहनेछ । पारिवारिक सुख मिल्नेछ । मित्रजनबाट विशेष लाभ हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यमछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ । राजनीतिक कार्यमका विशेष रुचि जाग्ने छ । विद्याबाट लाभ देखिन्छ । धनको क्षेत्रमा भने अपचलन भइरहनेछ । कार्यमा केही कठिनाई पर्न सक्ने छ । शत्रु पक्ष सबल रहने छन् । अन्य क्षेत्र मध्यम फलदायी रहने देखिन्छ ।