एजेन्सी । दक्षिण भारतको कर्नाटक राज्यमा प्रसाद खाँदा १२ जनाको मृत्यु भएको छ भने ८० जना विरामी परेका छन् । उनिहरु मध्ये १२ जनाको अवस्था गम्भिर रहेकाले अस्पताल भर्ना गरिएको छ ।
कर्नाटकको चामराजनगर जिल्लामा रहेको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खानाले उनीहरुको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । विरामी परेकाहरुलाई स्थानीय मैसूरु र आनन फानन अस्पतालमा उपचारका लागि भर्ना गराइएको छ ।
यसैबीच कर्नाटकका मुख्यमन्त्री एचडी कुमारस्वामीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका लागि सम्पूर्ण सवास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य विभागलाई निर्देशन दिनुभएको छ ।