सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौं, २८ मंसिर । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । आज बिहान ११ बजे हुने पहिलो खेलमा पुलिस र फ्रेन्ड्स क्लबविच प्रतिस्पर्धा हुदैछ ।

दुवै टोलीको लक्ष्य स्पष्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्नु रहेको छ । पुलिस ७ खेलबाट ११ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । त्यस्तै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा उपाधि दाबेदार दुई टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबविच प्रतिस्पर्धा हुँदैछ ।

शीर्ष स्थानको मनाङको २१ अंक छ भने आर्मी १७ अंक सहित तालिकाको चौथो स्थानमा छ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।